बन्दको प्रभाव देखिएन, काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव निकै कम देखिएको छ । काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् ।

नेपालभ्युज

बन्दको प्रभाव देखिएन, काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै
फाइल तश्वीर

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव निकै कम देखिएको छ । काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।

काठमाडौंबाहिर पनि बन्दको प्रभाव खासै नदेखिएको नेपाल प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved