समाजवादी पार्टीको नयाँ कार्यालय पेरिसडाँडा नजिकै

नेपालभ्युज

समाजवादी पार्टीको नयाँ कार्यालय पेरिसडाँडा नजिकै

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले  तीनकुने सुविधानगरमा नयाँ कार्यालय स्थापना गरेको छ । जसपा छोडेपछि भट्टराईले ‘नेपाल समाजवादी पार्टी’  निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

अध्यक्ष भट्टराईले कार्यालय परिसरमा खिचेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यद्यपि, पार्टी कार्यालय स्थापना भने केही दिनअघि नै भएको हो ।

नेकपा माओवादी केन्द्रसँग चुनावपछि पार्टी एकतासमेत गर्ने सहमति गरेको समाजवादी पार्टीले ५ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछ । भट्टराईले पार्टी कार्यालय पनि माओवादी केन्द्रको पार्टी कार्यालयनजिकै स्थापना गरेका छन् । माओवादीको कार्यालय पेरिसडाँडामा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved