अ‍ागामी ५ बर्षमा प्रदेश सरकार रहने नरहने टुंगो लाग्छ : गगन थापा

नेपालभ्युज

अ‍ागामी ५ बर्षमा प्रदेश सरकार रहने नरहने टुंगो लाग्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरे । उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताए ।

उनले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेश प्रतिको औचित्य नरहेको बताए । महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य काम र परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने दाबी गरे ।

उनले बाँकी पाँच वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved