माओवादी स्थायी कमिटी बैठक

वरिष्ठताका आधारमा १६ देखि २१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव, शनिबार सहमति नजुटे चुनावपछि

शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले तीनजना पदाधिकारी पहिले नै तय भइसकेको भन्दै बाँकीमा वरिष्ठताका आधारमा चयन गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् । महासचिवमा नाम नतोके पनि वरिष्ठताका आधारमा भनेर प्रचण्डले देव गुरुङलाई संकेत गरेका थिए ।

नेपालभ्युज

वरिष्ठताका आधारमा १६ देखि २१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव, शनिबार सहमति नजुटे चुनावपछि

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठताका आधारमा पदाधिकारी चयन गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले तीनजना पदाधिकारी पहिले नै तय भइसकेको भन्दै बाँकीमा वरिष्ठताका आधारमा चयन गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् । सहभागी एक सदस्यका अनुसार बैठकमा प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भइसकेको भन्दै अब बाँकी पदमा सिनियर साथीहरुलाई समेटेर जाने बताएका थिए ।

प्रचण्डको मौखिक प्रस्तावमा अब उपाध्यक्ष नथप्ने, बरिष्ठताका आधारमा महासचिव तोक्ने र अन्यलाई उपमहासचिव र सचिवमा समेट्ने उल्लेख थियो । त्यसो गर्दा बढीमा २१ जनाको टिम बन्ने भन्दै प्रचण्डले यसमा सहयोग गर्न सदस्यहरुलाई आग्रह गरेका थिए ।

महासचिवमा नाम नतोके पनि वरिष्ठताका आधारमा भनेर प्रचण्डले देव गुरुङलाई संकेत गरेका थिए । प्रचण्डले सबै गर्दा १६ देखि २१ जनाको पदाधिकारी टिम बनाउने समेत बताएका थिए । प्रचण्डको प्रस्तावमाथि केही नेताले धारणा राखेपछि कार्यव्यस्ता देखाएर शनिबार फेरि बस्नेगरी बैठक स्थगित गरिएको थियो ।

शनिबारको बैठकमा प्रचण्डले नाम नै प्रस्ताव गर्ने सम्भावना छ । त्यसमा सहमति जुटेमा पदाधिकारी घोषणा हुने र नजुटे चुनावपछि मात्रै हुने एक सदस्यले बताए । उनले भने, ‘शनिबार अध्यक्षले कंक्रिट प्रस्ताव ल्याएपछि अन्तिम छलफल हुनेछ । सहमति भयो भने पदाधिकारी चयन हुनेछ भएन भने चुनावपछि जान्छ होला “।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved