गत वर्ष नेपालबाट झण्डै २ करोडको घ्यू निर्यात, मूख्य बजार जापान र क्यानडा

भन्सार विभागका अनुसार नेपालले गत वर्ष २१ हजार ६ सय २९ किलो घ्यू निर्यात गरेर १ करोड ९३ लाख ३ सय ५२ रुपैयाँ आम्दानी गरेको छ ।

नेपालभ्युज

गत वर्ष नेपालबाट झण्डै २ करोडको घ्यू निर्यात, मूख्य बजार जापान र क्यानडा
फाइल तश्वीर

काठमाडौं। गत आर्थिक वर्ष २०७८७९ मा नेपालले २१ हजार ६ सय २९ किलो घ्यू विदेश निर्यात गरेको छ । भन्सार विभागका अनुसार नेपालले गत वर्ष २१ हजार ६ सय २९ किलो घ्यू निर्यात गरेर १ करोड ९३ लाख ३ सय ५२ रुपैयाँ आम्दानी गरेको छ ।

नेपालले जापान, भारत, क्यानडा र हङकङमा घ्यू पठाएको। सबैभन्दा धेरै भने जापानले २० हजार ३ सय ५ किलो घ्यू १ करोड ८७ लाख ७९ हजार रुपैयाँमा किनेको छ ।

त्यसैगरी, दोस्रोमा क्यानडाले ४ सय ६० किलो घ्यू १९ लाख रुपैयाँमा किनेको छ । भारतले ३ सय ३८ किलो घ्यू ३९ लाख २० हजार रुपैयाँमा किनेको छ । त्यस्तै, सबैभन्दा कम हङकङले २० हजार रुपैयाँमा २६ किलो घ्यू किनेको छ ।

उत्पादन गर्न सक्ने हो भने बजार पाउनका लागि समस्या नभएको घ्यू निर्यातकर्ताहरु बताउँछन् । सरकारले घ्यू निर्यातको क्षेत्रमा ध्यान दिन सकेमा केहि वर्षमै वार्षिक एक अर्ब रुपैयाँको घ्यू निर्यात गर्न सकिने व्यवसायीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved