ककनी बैठक: उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहमति जुट्यो

नेपालभ्युज

ककनी बैठक: उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहमति जुट्यो

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको ककनीमा बसेको ६ घण्टा लामो बैठक सहमतिमा पुगेको छ । बुधबार दिउँसो २ बजे ककनीमा सुरु भएको बैठक साँझ ७ बजे सकिएको हो।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका साथै ३ जिल्लाका जनप्रतिनिधिहरू पनि सहभागी थिए ।

बैठकमा विगतमा भएका निर्णयहरुलाई कडाइसाथ कार्यान्वयन गर्ने सहमति भएको छ । फोहोर लैजाने बाटोमा धुलो रोक्ने काम गर्ने, पानी छम्कने र फोहोर फाल्ने ठाउँमा औषधी छम्कने काम गर्ने र फोहोर बिसर्जन भएको विन्दूमा माटोले राम्रोसँग पुर्ने लगायतका सहमति भएका छन् ।

बैठकमा तीन/तीन दिनमा प्लास्टिक, त्यसमाथि माटो, माटोमाथि फोहोर नगनाउने बनाउन विभिन्न केमिकल छर्कने लगायतका सहमतिलाई कडाईपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ । बैठकमा आन्दोलनका क्रममा पक्राउ परेका स्थानीयलाई छाड्ने सहमति पनि भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved