राप्रपाले फोहोरमा राजनीति गर्दैन : राजेन्द्र लिङ्देन

नेपालभ्युज

राप्रपाले फोहोरमा राजनीति गर्दैन : राजेन्द्र लिङ्देन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राप्रपाले फोहोरमा राजनीति गर्ने जस्तो फोहाेरी काम नगर्ने बताएका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको सामाजिक संजालमार्फत खण्डन गर्दै राप्रपा फोहोरमा राजनीति गर्ने जस्तो फोहोरी काम नगर्ने बताएका हुन् ।

फोहोर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता नभएको उनले बताए । यस्ता गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएको पाइए कारबाही गर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडा राजनीतिक दल नेताहरूले नै अवरुद्ध गरेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved