२४ घण्टामा थपिए ८८८ जना संक्रमित, १ जनाको मृत्यु

नेपालभ्युज

२४ घण्टामा थपिए ८८८ जना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७३७ कोरोना परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, निको हुनेको संख्या भने ४७४ रहेको छ । सोमबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved