स्वास्थ्य मन्त्रालयका अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

नेपालभ्युज

स्वास्थ्य मन्त्रालयका अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखमा डा सञ्जय ठाकुरलाई ल्याएका  छन्। उनी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक थिए।

राष्ट्रिय क्षयरोग केन्द्रमा फाजिलमा रहेकी डा रिता भण्डारी जोशीको सरुवा भएको छ। फाजिलमै रहेका नारायण ढकाललाई मन्त्रालयले प्रदेश नम्बर एकमा पठाइएको छ। उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए।

डा विश्वबन्धु बगालेको किटजन्य रोग केन्द्र हेटौडामा सरुवा भएको छ भने  केन्द्रका प्रमुख डा केशव पण्डित मन्त्रालयमा आएका छन्।

कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडा स्वास्थ्य सेवा विभागमा पुगेका छन्। यस्तै, कान्तिमा सूर्य प्रसाद गौतमको सरुवा भएको छ भने गौतमको स्थानमा दीपक थापा र विभागका उपसचिव प्रेम काजी महर्जनको सरुवा सामान्यमा भएको छ।

डा. संगीता मिश्रा प्रमुख विशेषज्ञमा बढुवा भएसँगै एक महिनाभन्दा बढी समयदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छैन । डा. मिश्राको बढुवा भएसँगै सहप्रवक्ता डा. समीर कुमार अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved