गएराति कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

लुटेरा भन्छन्- हामी जंगलबाट आएका हौं’

नेपालभ्युज

गएराति कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

काठमाडौं । गएराति कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट भएको छ ।  कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर चार जनाको लुटेरा समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।

घरमा तीन जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेसन गरेर बसेका जेष्ठ नागरिक थिए । मूल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

‘लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको छ’ एसपी मैनाली भन्छन्–‘घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४ जनाको समूह घरमा प्रवेश गरेर लुटपाट गरी भागेको थाहा भएको छ । लुटेरा समूहले घरमा छिरेपछि भने–‘तपाईहरू चुपचाप बस्नुस्, अवैध सामान छ भन्ने सूचना आएर हामी आएका हौं ।’ त्यसपछि घरधनीले उनीहरूलाई सोधे–‘तपाईंहरू कहाँबाट आएको ?’ लुटेराले जवाफ दिए–‘हामी जंगलबाट आएका हौं ।’

उनीहरूले सुनका गहनासहित १ लाख नगद पनि लुटेर लगेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved