सेयर बजार निरन्तर ओरालो, १ अर्ब ९३ करोडमा खुम्चियो कारोबार

नेपालभ्युज

सेयर बजार निरन्तर ओरालो, १ अर्ब ९३ करोडमा खुम्चियो कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि आएको छ । आज थप ५ अंकको गिरावट आएको हो । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो । यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचकमध्ये म्यानु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरू ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बिमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved