अमेरिकामा मंकीपक्सका संक्रमितमध्ये ९९ प्रतिशत पुरुषमा

नेपालभ्युज

अमेरिकामा मंकीपक्सका संक्रमितमध्ये ९९ प्रतिशत पुरुषमा
प्रतिकात्मक तस्वीर।

अमेरिका । अमेरिकामा देखिएका मंकीपक्स सङ्क्रमितहरूमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।

यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मंकीपक्सका सङ्क्रमितहरूमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकामा मे १७ देखि जुलाई २२ सम्मको तथ्यांक गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मंकीपक्सका  नयाँ सङ्क्रमितहरू भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकीपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved