जलजलामा विद्युत् ‘सर्ट’ हुँदा एकको मृत्यु, चार घाइते

नेपालभ्युज

जलजलामा विद्युत् ‘सर्ट’ हुँदा एकको मृत्यु, चार घाइते

पर्वत । सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पर्वत प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएको हो । करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार विद्युत्‌को मुख्य लाइन र घर-घरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो । घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना प्रहरीले बताएको छ ।

विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरमा एकै साथ आगो सल्किएको गाउँपालिका अध्यक्ष एवं स्थानीय राजु आचार्यले बताए । गाउँका अन्य पशुचौपायासमेत मरेको भए पनि एकिन विवरण आइसकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved