निर्वाचन आयोगमा दल दर्ता– सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा

सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि शुरु दल दर्ताको क्रममा पहिलो नम्बरमा दर्ता भएको हो।

नेपालभ्युज

निर्वाचन आयोगमा दल दर्ता– सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा

काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि शुरु दल दर्ताको क्रममा पहिलो नम्बरमा दर्ता भएको हो।

आइतबार बिहान जनमत पार्टीका नेताहरू दल दर्ताका लागि निवेदन दिन आयोग पुगेका थिए। पहिलो पटक जनमत पार्टी संसदीय चुनावमा सहभागी हुँदैछ।

डा.चन्द्रकान्त (सीके)राउतले नेतृत्व गरेको उक्त पार्टी गत स्थानीय चुनावमा सहभागी भएको थियो। राउत सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएका छन्। यसअघिको निर्वाचनमा उक्त क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।

साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्न निवेदन दिन सक्नेछन्। राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने नभए दर्ता नहुने पनि आयोगको भनाइ छ। दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved