२६३ जना सवारी चालक कारबाहीमा

नेपालभ्युज

२६३ जना सवारी चालक कारबाहीमा
फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान गरेको विशेष चेकिङमा  २ सय ६३ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । आज बिहान मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारबाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।

आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई  जरिवानासहित कारबाही गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved