चीनमा चक्कु प्रहार हुँदा ३ को मृत्यु, ६ घाइते 

नेपालभ्युज

बेइजिङ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।

४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved