सेयर बजारमा सामान्य गिरावट

नेपालभ्युज

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य गिरावट हुँदा बजार परिसूचक नेप्से २.८१ अंक (०.१३) प्रतिशतले घटेर २१९३.४३ अंकमा बन्द भएको छ ।

मंगलबार लगानीकर्ताले नाफा बुक गर्न खोज्दा पनि करेक्सन भएको हो । दिनभर तीब्र उतारचढाव देखिएको बजारमा उपसूचकहरुमा भने केही बढ्दा केही घटेको छ ।

बैंकिङ होटल तथा पर्यटन, विकास बैंक, जीवन तथा निर्जीवन बीमा, अन्य र लगानी उपसूचकमा गिरावट हुँदा व्यापार, हाइड्रोपावर, वित्त कम्पनी उत्पादनमुलक लघुवित्त लगायतका उपसूचक भने बढेको छ ।

मंगलबार  कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । दिनभर नेप्सेमा ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved