वर्षा लागेसँगै झाडापखाला र भाइरल ज्वरोका बिरामी बढे

‘‘प्रायजसो वर्षामा दूषित पानीबाट सर्ने रोगका बिरामीहरू धेरै आउने गरेका छन्। ज्वरो, टाइफाइड, झाडापखाला लगायतका रोगहरू यसअन्तर्गत नै पर्छन् । पानी पर्ने सिजनमा बाटो खराब हुने भएकाले दुर्घटनाका केश पनि आउने गरेको छ।’’

नेपालभ्युज

वर्षा लागेसँगै झाडापखाला र भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं। वर्षा लागेसँगै काठमाडौंका अस्पतालहरूमा भाइरल ज्वरो, झाडापखाला, फुड पोइजन र टाइफाइडका बिरामी बढेका छन्। सबै उमेर समूहका मानिसहरू बिरामी भएका अस्पतालहरूले बताएका छन्। विशेषगरी युवाहरू समेत आइरहेका छन्। किनकि युवाहरू प्रायः धेरै हिँडडुल गर्ने र दूषित पानीको सम्पर्कमा पुग्ने भएकाले धेरै बिरामी भएका हुनसक्ने चिकित्सकको भनाइ छ।

एभरेस्ट अस्पताल प्रालि बानेश्वरका मेडिकल अफिसर इन्चार्ज डा. प्रकाश महतका अनुसार उपचार गर्न आउनेमध्ये अधिकांश बिरामी भाइरल ज्वरो र रुघाखोकीका छन्।

उनले भने, ‘‘प्रायजसो वर्षामा दूषित पानीबाट सर्ने रोगका बिरामीहरू धेरै आउने गरेका छन्। ज्वरो, टाइफाइड, झाडापखाला लगायतका रोगहरू यसअन्तर्गत नै पर्छन् । पानी पर्ने सिजनमा बाटो खराब हुने भएकाले दुर्घटनाका केश पनि आउने गरेको छ।’’

दूषित पानी मुख्य कारण

बिरामी बढ्नुका कारण दूषित पानी नै रहेको बताइन्छ। ‘‘वर्षामा रोगहरूको मुख्य कारण दूषित पानी नै हो। वर्षामा पानी प्रदूषित हुन्छ, त्यही खाइन्छ र रोगहरू लाग्छ,’’ डा. महतले भने, ‘‘हामीले पानी उमालेर खाने हो भने यस्ता धेरै रोगहरूबाट बच्न सकिन्छ।’’

उनले थपे, ‘‘हामी जारको पानी युज गर्छौ, जारको पानीमा समस्या छैन भनेर सिधै खाइदिन्छौँ। त्यसैले समस्या पार्छ।’’

उनले दूषित पानीको असर सबै समूहमा उत्तिकै हुने भए पनि बालबालिका तथा वृद्धवृद्धामा रोगको जोखिम उच्च रहने बताए।

‘‘एभरेस्ट अस्पतालमा त सबै उमेर समूहका मानिस आउँछन्। अझ विशेषगरी युवाहरू आउने गरेका छन्। किनकि युवाहरू प्रायः धेरै हिँडडुल गर्छन् र दूषित पानीको सम्पर्कमा पुग्छन्।’’

तर, वर्षाको असरबाट ठूलो प्रभाव भने बालबालिका र वृद्धवृद्धाहरूमा देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved