बाढीमा परी १० अफगानी सुरक्षाकर्मीको मृत्यु

नेपालभ्युज

बाढीमा परी १० अफगानी सुरक्षाकर्मीको मृत्यु
फाइल फोटो

काबुल । अफगानिस्तानमा अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।

उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved