नेपाल असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध छ –राष्ट्रपति भण्डारी

अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू संविधानमै अभिव्यक्त भएको स्मरणगर्दै उनले नेपालको यही नीति नै मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार बन्ने विश्वास व्यक्त गरिन्।

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले, नेपालले असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्।

ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले करिव सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी हुन्।

अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू संविधानमै अभिव्यक्त भएको स्मरणगर्दै उनले नेपालको यही नीति नै मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार बन्ने विश्वास व्यक्त गरिन्।

उनले सबै प्रकारको युद्धको विरोध गर्दै राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने समेत बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved