मंगल ग्रहमा ‘नुडल’ जस्तो वस्तु फेला

नेपालभ्युज

मंगल ग्रहमा ‘नुडल’ जस्तो वस्तु फेला

काठमाडौं । नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडलजस्तो वस्तु फेला पारेको छ । उक्त वस्तु सन् २०२१ को फेब्रुअरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्त्वको अवशेष भएको अनुमान गरिएको छ ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ, “ हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ । हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।”

भग्नावशेषको बन्डल पहिलोपटक रोभरको अगाडिको बायाँ जोखिम बचाउने वस्तु क्यामेराले  जुलाई १२ मा खिचेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved