अवरुद्ध पृथ्वीराजमार्ग नियमित

नेपालभ्युज

अवरुद्ध पृथ्वीराजमार्ग नियमित

काठमाडौं। ट्रक पल्टिएपछि अवरुद्ध पृथ्वीराजमार्ग नियमित भएको छ।

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध सडक आज बिहान बुधबार १० बजेदेखि नियमीत भएको हो। बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको थियो।

क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

सडक अवरुद्ध भएपछि रोकिएका सयौँ सवारीसाधन गन्तव्य तर्फ लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved