मेयर हर्क साम्पाङको समेत स्वर रहेको गीत सार्वजनिक (भिडिओसहित)
नेपालभ्युज
काठमाडौं। धरानमा हाइकिङ जाने प्रचलनलाई व्यापकता बनाउने अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरिएको छ। सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो विमोचन गरेका हुन्। प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ समेत सार्वजनिक गरेका छन्।
उक्त गीतमा राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो तथा गायिकाहरू मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहारसँगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ।
धरानेहरुलाई नियमित रूपमा हाइकिङमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला धराने जाँगरिला भएर आफ्नो काममा सहयोग गर्न आएको भन्दै आफूले पनि स्वर भर्ने मौका पाएकोमा खुसी लागेको मेयर हर्क साम्पाङले बताए।
पर्यटन प्रवर्द्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको र चाँडै नै यस गीतको म्युजिक भिडिओ समेत निर्माण गरिन लागेको गीतकार राजीव हलवाईले बताए।
Facebook Comment
Comment