खुलामञ्चमा विप्लव समूहले महाधिवेशन गर्ने

नेपालभ्युज

खुलामञ्चमा विप्लव समूहले महाधिवेशन गर्ने

काठमाडौं। नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औँ महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ । एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौँ अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौँ भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।

पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलो पटक विप्लव समूहले महाधिवेशन गर्न लागेको हो । पार्टी राजनीतिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको छ ।

महाधिवेशनबाटै पार्टी आगामी प्रदेश र संघको चुनावमा भाग लिने÷नलिने निर्णय गर्ने भएको छ । अहिले पार्टीमा बहुमत सदस्यहरु चुनावमा भाग लिने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved