नेकपा (एस)का जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता – भ्रष्टाचार र ढिलासुस्ती गर्दैनौँ

नेपालभ्युज

नेकपा (एस)का जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता – भ्रष्टाचार र ढिलासुस्ती गर्दैनौँ
फाइल तस्वीर

काठमाडौं । ५ साउन। नेकपा एसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सादा जीवन, उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार ढिलासुस्तीजस्ता कार्यलाई समाप्त पार्न संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा २ दिने अभिमुखीकरणमा भेला भएका जनप्रतिनिधिले पार्टीको कार्यदिशा अनुरूप स्थानीय तहमा समाजवाद उन्मुख काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जनप्रतिनिधिले पार्टीको घोषणापत्रलाई लिएर आगामी ५ वर्ष जनता र पार्टीको प्रतिनिधिका रुपमा काम गर्ने भन्दै काठमाडौं प्रतिबद्धता पत्र तयार पारेका छन् ।

प्रतिबद्धता पत्रमा १६ बुँदा समेटिएको छ । आफ्नो क्षेत्रको बजेट र स्रोतलाई सदुपयोग गर्ने पनि उनीहरूको प्रतिबद्धता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved