रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण

मिश्र ६ महीनाअघि पनि कोरोना संक्रमित भएका थिए।

नेपालभ्युज

रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण

काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका पूर्वपत्रकार रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित भएका छन्।

मिश्रले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका छन्। मिश्र ६ महीनाअघि पनि कोरोना संक्रमित भएका थिए।

मिश्रले आफूसँग केही दिनयता निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमैँ आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिन। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु। कोभिड फेरी बढ्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved