श्वेत गंगा हाइड्रोको आईपीओ आजदेखि खुल्दै

सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

नेपालभ्युज

श्वेत गंगा हाइड्रोको आईपीओ आजदेखि खुल्दै

काठमाडौं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधरणका लागि आईपीओ खुला गर्न लागेको हो।

यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन गरिसकेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्कशन गर्न लागेको शेयरमध्ये १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved