गायिका दिलमायाको हत्या भएको प्रहरीको निष्कर्ष

प्रहरीले अनुसन्धान सकेर हत्याको निष्कर्ष मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

नेपालभ्युज

गायिका दिलमायाको हत्या भएको प्रहरीको निष्कर्ष

काठमाडौं। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीको निष्कर्ष छ। प्रहरीले अनुसन्धान सकेर हत्याको निष्कर्ष मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ। श्रेष्ठविरुद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिइसकेका छन्।

असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनास्थलबाट दिलमायाको मोबाइल फोन अझै फेला पार्न सकेको छैन। उनको त्यही फोनबाटै आत्महत्या गर्ने विषयमा फेसबुकमा स्ट्याटस लेखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved