भारतमा भेटियो ‘मंकीपक्स’को दोस्रो संक्रमित

कन्नूर जिल्लाका स्थायी बासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए।

नेपालभ्युज

भारतमा भेटियो ‘मंकीपक्स’को दोस्रो संक्रमित
प्रतिकात्मक तस्वीर।

एजेन्सी। भारतमा ‘मंकीपक्स’को दोस्रो संक्रमित व्यक्ति भेटिएको छ।

दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मंकीपक्स’ संक्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी)मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मंकीपक्स संक्रमण पुष्टि गरिएको हो। केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तीव्रता दिएको छ।

कन्नूर जिल्लाका स्थायी बासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए।

मंकीपक्स संक्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा नरहेका बताइएको छ। प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन भनिएको छ साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेका छन्।

मुलुककै पहिलो ‘मंकीपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो। तर ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए।

भारतमा ‘मंकीपक्स’को पहिलो संक्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मंकीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved