श्रीलंकामा घोषणा भयो संकटकाल

कार्यवाहक राष्ट्रपति विक्रमासिंघेले आज एक विशेष सूचनामार्फत देशव्यापी रुपमा आजैदेखि नै लागू हुने गरी संकटकालको घोषणा गरेका हुन्।

नेपालभ्युज

श्रीलंकामा घोषणा भयो संकटकाल

एजेन्सी। श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले सोमबार संकटकालाको घोषणा गरेका हुन्।

विक्रमासिंघले आजैदेखि लागू हुने गरी श्रीलंकामा संकटकालको घोषणा गरेका समाचारमा जनाइएको छ।

श्रीलंकाका कार्यवाहक राष्ट्रपति विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा त्यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताए।

सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले आज एक विशेष सूचनामार्फत देशव्यापी रुपमा आजैदेखि नै लागू हुने गरी संकटकालको घोषणा गरेका हुन्।

उता श्रीलंकाली संसद्ले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ। जुलाई २० मा संसद्ले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि भोलि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन्।

त्यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन्। त्यसपछि कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन्।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ। देश आर्थिक संकटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved