भारतबाट पेट्रोल प्रतिलिटर १५ रुपैयाँले घटेर आयो, तर नेपाल आयल निगमले घटाएन

नेपालभ्युज

भारतबाट पेट्रोल प्रतिलिटर १५ रुपैयाँले घटेर आयो, तर नेपाल आयल निगमले घटाएन

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन भएर आएको छ। आज भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा तथा डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको छ।

तर भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाउन नसकिने र हालकै मूल्य यथावत् राख्ने जनाएको छ।

निगमले अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाा १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेको बताइरहेको छ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ। एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved