बढ्दै कोरोना, एकैदिन २ सय २९ जनामा संक्रमण पुष्टि

नेपालभ्युज

बढ्दै कोरोना, एकैदिन २ सय २९ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा एकैदिन थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ४४ पीसीआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन्। हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved