अर्थमन्त्री विवाद : संसदीय समितिद्वारा छानबिन शुरु

अर्थमन्त्री प्रकरणबारे छानबिन गर्न बनेको ११ सदस्यीय छानबिन समितिले मंगलबारबाट औपचारिक रुपमा छानबिन शुरु गरेको हो।

नेपालभ्युज

अर्थमन्त्री विवाद : संसदीय समितिद्वारा छानबिन शुरु
फाइल तस्वीर

काठमाडौं। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा पूर्वअर्थमन्त्री जनार्दशन शर्मामाथि छानबिन शुरु भएको छ।

अर्थमन्त्री प्रकरणबारे छानबिन गर्न बनेको ११ सदस्यीय छानबिन समितिले मंगलबारबाट औपचारिक रुपमा छानबिन शुरु गरेको हो। समितिको बैठक आज सिंहदरबारमा बस्दैछ।

समितिका जेष्ठ सदस्यका हैसियतमा लक्ष्मणलाल कर्णको संयोजकत्वमा समितिको बैठक बस्न लागेको हो। समितिले काम शुरु गरेको १० दिनभित्र प्रतिवेदन पेश गर्नेछ।

संसदीय विशेष समितिमा सांसदहरु लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, शक्ति बस्नेत, पुष्पा भुसाल, भानुभक्त ढकाल, बिमला बिक, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव सदस्य रहेका छन्।

शर्माले आरोपपछि २२ असारमा पदबाट राजीनामा दिएका थिए।

छानबिन समिति गठन भएपछि शर्माले अनुसन्धानमा सघाउन राजीनामा दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved