प्रतिवेदन लागू हुने क्रममा छ : न्यायाधीश कार्की

विचाराधीन मुद्दामा मिडियाले लेख्दा न्यायाधीशलाई फैसला गर्न अफ्ठ्यारो हुने समेत कार्कीले बताए।

नेपालभ्युज

प्रतिवेदन लागू हुने क्रममा छ : न्यायाधीश कार्की
फाइल फोटो

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो नेतृत्वमा बनेको प्रतिवेदन लागू हुने क्रममा रहेको बताएका छन्।

सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखाले गरेको सञ्चारकर्मीहरुसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रममा न्यायाधीश कार्कीले आफ्नो अध्यक्षतामा बनेको प्रतिवेदन लागू हुने क्रममा रहेको बताएका हुन्।

“गोलाप्रथा, फैसला टिपोट प्रणाली, अभियान फाट प्रतिवेदनमा भएको लागू भएको छ। हामी यो कार्यान्वयनमा तदारुकताका साथ जान्छौँ,” उनले भने, “जस्तो ५ बजेसम्म इजलास सञ्चालन गर्ने क्रममा छ। भोलेन्टरको रुपमा शुक्रबार ५ बजेसम्म इजलास बसौँला, तर कर्मचारीलाई त्यो बेलासम्म राख्दा सरकारको सहयोग चाहिन्छ।”

विचाराधीन मुद्दामा मिडियाले लेख्दा न्यायाधीशलाई फैसला गर्न अफ्ठ्यारो हुने समेत कार्कीले बताए।

“न्यायाधीशमा डर पैदा भएर २१ चोटी, ३९ चोटीसम्म आदेश दिएको छ। न्यायाधीशको मनबाट डर हट्नुपर्यो,” उनले भने, “न्यायाधीशले मिसिलका आधारमा मुद्दामा फैसला गर्ने हो। मिडियामा आएको कुरा मिसिलमा भएन भने न्यायाधीश डराउने हुन सक्छ।”

कार्कीले पत्रकारले आलोचना गर्ने गरेको बताए। भने, “रचनात्मक आलोचनाले काम गर्न सजिलो हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved