योजनाबद्ध तरिकाले धर्म परिवर्तन भइरहेको छ : कमल थापा

नेपालभ्युज

योजनाबद्ध तरिकाले धर्म परिवर्तन भइरहेको छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध तरिकारले धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसंग माग गरेका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनि संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन्।

उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कतर्व्य पूरा गर्नुपर्ने धारणा राखे। नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिर्वतनमा राप्रपाको कुनै आपत्ति नरहको उनको भनाइ थियो।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकुल नहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved