भीम रावलको आरोप : सरकारले भित्रभित्रै एसपीपी बढाउने काम गरिरहेको छ

नेपालभ्युज

भीम रावलको आरोप : सरकारले भित्रभित्रै एसपीपी बढाउने काम गरिरहेको छ
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले भित्रभित्रै एसपीपी सम्झौता बढाइरहेको आरोप लगाएका छन्।

बिहीबार संसद सकिएपछि बाहिर उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको भन्दै यसबारे गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताए।

सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए।

सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए। उनले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको उनले बताए।

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधानबमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved