दिलमाया मृत्यु प्रकरण : राति सँगै रहेको प्रेमीले स्वीकारे, गायिकाका बाबुले दिए किटानी जाहेरी

घटनालगत्तै अनुसन्धानका क्रममा प्रेमी पनि उनीसँगै कोठामा रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। शुरुमा इन्कार गरेका सुनारका प्रेमी सूर्य श्रेष्ठले पनि आफू मृत्युअघिसम्म सँगै रहेको स्वीकारेका छन्।

नेपालभ्युज

दिलमाया मृत्यु प्रकरण : राति सँगै रहेको प्रेमीले स्वीकारे, गायिकाका बाबुले दिए किटानी जाहेरी

काठमाडौं। गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा नयाँ तथ्य भेटिएको छ। अनुसन्धानका क्रममा प्रहरीले सुनारको मृत्यु भएको समयमा उनका प्रेमी उनीसँगै एउटै कोठामा रहेको पाएको हो।

घटनालगत्तै अनुसन्धानका क्रममा प्रेमी पनि उनीसँगै कोठामा रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। शुरुमा इन्कार गरेका सुनारका प्रेमी सूर्य श्रेष्ठले पनि आफू मृत्युअघिसम्म सँगै रहेको स्वीकारेका छन्।

शुरुमा प्रहरीसँग आफू राति १२ बजे नै उक्त कोठाबाट निस्किएको बताएका श्रेष्ठले आफू सुनार सँगै कोठामा सुतेको स्वीकारेका हुन्। उनले आफू सँगै रहे पनि हत्या नगरेको भन्दै सुनारले आत्महत्या गरेको दाबी गरेका छन्।

श्रेष्ठले उक्त रात आफूहरु सँगै सुतेको स्वीकार गर्दै राति ब्यूँझँदा सुना झुण्डिएको देखेपछि आफू राति नै त्यहाँबाट निस्किएको दाबी गरेका छन्। उनले सुनार झुण्डिएको सल आफूले निकालेर फालेको पनि प्रहरीसँग बताएका छन्।

नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका सुनारको हत्या वा आत्महत्या के भन्ने विषयमा प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन। तर, गायिकाका बाबुले भने हत्या भएको भन्दै किटानी जाहेरी दिइसकेका छन्।

सुनार शनिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनले शुक्रबार राति नै आफू मर्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै फेसबुकमा स्टाटससमेत लेखेकी थिइन्।

शनिबार मृत भेटिएकी सुनारका बाबु आइतबार सुर्खेतबाट काठमाडौं आएलगत्तै प्रेमी श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएका छन्। मृतक सुनारको घाँटीमा निलडामबाहेक शरीरमा अन्य चोटपटक नरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved