भोलिसम्म पुराना मन्त्री घर जान्छन्, नयाँले सपथ लिन्छन् : राजेन्द्र पाण्डे

‘‘मन्त्री फेरबदलबारे पार्टीले पहिले नै निर्णय गरिसकेको छ। हुने या नहुने भोलि बेलुकासम्म थाहा हुन्छ,’’ उनले भने, ‘‘भोलि पुराना साथीहरु घर जान्छन्, नयाँ साथीहरु आउँछन्।’’

नेपालभ्युज

भोलिसम्म पुराना मन्त्री घर जान्छन्, नयाँले सपथ लिन्छन् : राजेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भोलिसम्म नयाँ मन्त्रीहरु नेतृत्वमा आउने बताएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले पार्टीको पोलिटब्युरो बैठकपछि अहिलेका चार मन्त्री फिर्ता आउने र भोलिसम्म नयाँले सपथ लिने बताएका हुन्।

‘‘मन्त्री फेरबदलबारे पार्टीले पहिले नै निर्णय गरिसकेको छ। हुने या नहुने भोलि बेलुकासम्म थाहा हुन्छ,’’ उनले भने, ‘‘भोलि पुराना साथीहरु घर जान्छन्, नयाँ साथीहरु आउँछन्।’’

अचानक नभइ पार्टीभित्र छलफल गरी पुराना मन्त्रीहरुलाई जानकारी गराएरै परिवर्तन गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved