सुदूरपश्चिममा बढ्न थाल्यो फेरि कोरोना संक्रमण

नेपालभ्युज

सुदूरपश्चिममा बढ्न थाल्यो फेरि कोरोना संक्रमण

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो।

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।

कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ।

छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved