बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

रेल सेवा बन्द भएपछि मानिसहरु घरबाट काम गर्न वा अफिस जान वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्।

नेपालभ्युज

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

एजेन्सी। बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल शुरु गरेका छन्।

रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ। हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ। रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नो कामबाट बाहिरिका छन्।

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द भएपछि मानिसहरु घरबाट काम गर्न वा अफिस जान वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्।

लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो। यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन्। सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved