प्रधानमन्त्री र माओवादीका कारण मन्त्री बदल्न ढिलो भयो : माधव नेपाल

नेपालभ्युज

प्रधानमन्त्री र माओवादीका कारण मन्त्री बदल्न ढिलो भयो : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ भएको बताएका छन्।

आइतबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग आइरहेकाले केही दिन पर्खन भनेको र यसका कारण ढिलाइ भएको बताए। उनले ६ महीनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएको र अब अन्यलाई मन्त्रीपरिषद्‌मा पठाइने जनाए।

यसैगरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा गहिरो गरी बुझेर आवश्यक निष्कर्षमा पुग्नुपर्ने बताए। देशभक्तिमा आँच पुग्ने, राष्ट्रिय हितमा कुठाराघात पुग्ने कुनै पनि काम नहुने भन्दै उनले यस विषयमा गठबन्धनमा विस्तृत छलफल हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved