कतार एयरवेजले महामारीमै कमायो डेढ अर्ब डलर मुनाफा

ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरहेका कारण आफूहरु सफल भएको कतार एयरवेजले भनेको छ।

नेपालभ्युज

कतार एयरवेजले महामारीमै कमायो डेढ अर्ब डलर मुनाफा

एजेन्सी। कतार एयरवेजले आर्थिक वर्ष २०२१/२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाएको छ।

कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो।

कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको जनाएको छ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९/२०२० को राजस्व सङ्कलनभन्दा गत वर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको उल्लेख छ।

‘विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ।

ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरहेका कारण आफूहरु सफल भएको कतार एयरवेजले भनेको छ।

‘यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो,’ एयरलाइनले भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved