मनसुन प्रवेश गरेको एक सातामा पनि पश्चिम क्षेत्र पुगेन मनसुनी वायु

सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्ने भए पनि अझै विस्तार हुन सकेको छैन। तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि गण्डकी प्रदेशभन्दा पश्चिममा विस्तार हुन नसकेको हो।

नेपालभ्युज

मनसुन प्रवेश गरेको एक सातामा पनि पश्चिम क्षेत्र पुगेन मनसुनी वायु

काठमाडौं। सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्ने भए पनि अझै विस्तार हुन सकेको छैन। तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि गण्डकी प्रदेशभन्दा पश्चिममा विस्तार हुन नसकेको हो।

बरु पश्चिम तराईमा दिल्लीको तातो हावाको प्रभावसँगै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ। मौसमविद्का अनुसार पश्चिमी वायुलाई मनसुनी वायुले विस्थापित गर्नुपर्छ। त्यसपछि मात्र ती क्षेत्रमा मनसुनी वर्षा हुन्छ। तर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पश्चिमी वायु कायमै छ। पश्चिमी वायुका कारण पहाडी क्षेत्रमा हल्का वर्षा हुने गरे पनि तराईमा तापक्रम पनि बढेको छ।

तर, अब तीन–चार दिनभित्र मनसुन देशभर फैलने अनुमान महाशाखाले गरेको छ । सुदूरपश्चिमका तराई क्षेत्रमा शनिबारदेखि बदली हुन सक्छ । हाल ती क्षेत्रमा पश्चिमीसँगै केही क्षेत्रमा स्थानीय वायुको प्रभाव छ । देशभर मनसुन सक्रिय भएपछि महाशाखाले वर्षासम्बन्धी विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।

महाशाखाले आगामी २४ घण्टामा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनीका थोरै स्थानमा वर्षा हुन सक्ने आकलन गरेको छ। अन्य प्रदेशमा भने पहाडी भूभागका एक–दुई स्थानमा मात्र वर्षाको सम्भावना छ । बर्खाका चार महिनामा नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८० दशमलव ५ प्रतिशत हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved