बालबालिकाका लागि कोरोनाविरुद्ध खोप आइतबार आउँदै, पहिलो चरणमा २७ जिल्लामा

नेपालभ्युज

बालबालिकाका लागि कोरोनाविरुद्ध खोप आइतबार आउँदै, पहिलो चरणमा २७ जिल्लामा

काठमाडौं ।  पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई लगाउने कोरोनाविरुद्धको फाइजर खोप ५ असारमा नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य सेवा विभा आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आगामी आइतरबार आइपुग्छ।

“खोप आएलगत्तै अर्थात् ८ गतेबाट नै बालबालिकालाई खोप लगाउन शुरु गरिनेछ,” उनले बताए। खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ भने पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ।

पहिलो चरणमा प्रदेश नम्बर १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप दिइने छ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ। खोप लगाउन तोकिएका जिल्लाका विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved