विश्वकप लिग टू : अमेरिकासँग हार्‍यो नेपाल

सिरिजको अन्तिम खेलमा पराजित भएसँगै १६ खेलमा १५ अंक जोडेको नेपाल लिग टूको अंक तालिकामा पाँचौँ स्थानमा छ।

नेपालभ्युज

विश्वकप लिग टू : अमेरिकासँग हार्‍यो नेपाल

काठमाडौं। नेपाली क्रिकेट टिम अमेरिकासँग एकदिवसीय खेलमा पराजित भएको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको हो।

आज बिहान सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो। आरिफ शेखले अर्धशतकीय पारी खेले पनि नेपाललाई जिताउन सकेनन्।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा २४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा मात्रै २०६ रनमा समेटियो।

नेपालका लागि आरिफ ६३ रन बनाउँदा सोमपाल कामीले ४७ रन, देव खनालले ३४ रन, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे। दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रन आउट भए।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनायो। उसका लागि गजानन्द सिंहले ५८, सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले।

यस्तै, आरोन जोन्सले ४३ रन र सैटिजा मुक्कामल्लले ३६ रन जोडे। निसर्ग पटेल १८ रनमा अविजित रहँदा क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे।

नेपालका लागि करण केसीले ३ विकेट लिए। कप्तान सन्दीपले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

नेपालमाथिको जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ। जारी सिरिजमै भएको यसअघिको खेलमा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको थियो।

सिरिजको अन्तिम खेलमा पराजित भएसँगै १६ खेलमा १५ अंक जोडेको नेपाल लिग टूको अंक तालिकामा पाँचौँ स्थानमा छ। अमेरिका २४ खेलमा २३ अंक जोडेर चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved