आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

नेपालभ्युज

आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

काठमाडौँ। इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ।

अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२,००० हजार रुपैयाँ (करबाहेक) उपलब्ध गराउने छ।

यो अफर इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुनेछ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइदै आइएको हो।

विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो। यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ।

त्यसैले रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकता बनोस्। आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुगोस् आईएमईले कामना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved