मधेश प्रदेशले ल्यायो ४६ अर्बभन्दा बढीको बजेट

 मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड, छात्रालाई ल्यापटप दिइने

नेपालभ्युज

मधेश प्रदेशले ल्यायो ४६ अर्बभन्दा बढीको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले ४६ अर्बभन्दा बढीको बजेट ल्याएको छ।

बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र सशर्त अनुदानतर्फ १६ करोड २४ लाख ५४ हजार २ सय अर्थात ०.३५ प्रतिशत बजेट विनियोजन गरेको छ।

सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यादवलाई राजस्व तथा आयव्ययको अनुमान सभामा प्रस्तुत गर्न अनुमति दिएपछि अर्थमन्त्री यादवले शुरुमै सर्वज्ञ कवि दुष्चन्दकुमारको सायरी ‘सिर्फ हंगमा खडा करना, हमरा मक्सद नहीं। हमारी तो यहं जिद्द है की सुरत बदल्नी चाहिए’, हिन्दी भाषा मै सुनाउँदै उनले प्रदेशको आयव्यय प्रस्तुत शुरु गरेका थिए।

प्रस्तुत गरिएको बजेटमा मधेश प्रदेशमा मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको छ। पशु बिमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट विनियोजन गरिएको छ। कृषि ज्ञान केन्द्रलाई सात करोड २८ लाख बजेट छुट्ट्याएको छ।

त्यस्तै सशर्त र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ। यो अनुदान स्थानीय तहहरूलाई प्रदान गरिने छ। स्थानीय तहलाई चालु आर्थिक वर्षमा दिएको अनुदानको खर्च प्रगति अनुसार दिइने अर्थमन्त्री साहले बताए।

त्यसैगरी मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत्त छात्राहरुलाई प्रवृधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थ मन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन्।

ल्यापटप वितरण गर्न ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved