१४ गते रातिको सीसीटीभी फुटेज चाहियो : एमाले

नेपालभ्युज

१४ गते रातिको सीसीटीभी फुटेज चाहियो : एमाले
फाइल तस्वीर

काठमाडौं। १४ जेठ राति बजेट तर्जुमाका क्रममा भएका घटनाबारे सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद‍्मा माग गरेको छ।

करका दर परिवर्तन गर्ने महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर-व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै त्यस रातको सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन्।

यता अर्थमन्त्री जनार्दन शर्माले भने आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरिसकेका छन्। अर्थ मन्त्रालयले पनि हिजो एक विज्ञप्ति निकालेर १४ जेठ राति बजेट तर्जुमाका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको जनाइको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved