र्‍यापर सुदीपले गरे परिवारसँग तीनबुँदे सहमति

नेपालभ्युज

र्‍यापर सुदीपले गरे परिवारसँग तीनबुँदे सहमति

काठमाडौं । आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका र्‍यापर सुदीप भण्डारी (जीबब), बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीहरूबीच सहमति भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

सुदीपलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राखिनेछ। साथै केही समयका लागि उनले चाहे परिवारसँग भेटसमेत गराउने सहमति भएको प्रहरीले जानकारी दिएको छ।

आफूलाई आमाबुवाले बन्धक बनाएका भन्दै उनले उजुरी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved