दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

नेपालभ्युज

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला
सांकेतिक तस्वीर

धनगढी। यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।

महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved